शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ

प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

जनकपुरधाम – प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो ।

प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।

मधेश प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो ।

सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरे ।

यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वत: निष्क्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->