शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ६९ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा ६९ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७८, बुधबार

बागलुङ – पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् ।

जिल्लामा हालसम्म पिसिआर र एन्टिजेन गरी कुल २८ हजार ५ सय १ जनामा गरिएको परिक्षणबाट ८ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ हजार ८ सय ५२ जनाले कोरोना संक्रमणलाई जितेका छन् भने ७२ जनाको संक्रमणकै कारण निधन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->