मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

आगामी तीन दिनसम्म मौसम सुधार नहुने


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७८, शुक्रबार

काठमाडौं/आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।

विभागले शुक्रबार बिहान एक सूचना जारी गर्दै भनेको छ, ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->