शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना त्रास : वडिगाडमा बाहिरबाट भित्रिने बढे

कोरोना त्रास : वडिगाडमा बाहिरबाट भित्रिने बढे


  • अनिष पाठक
  • माघ ७ २०७८, शुक्रबार
तस्बिरः सटरस्टक ।

बागलुङ/ कोरोना महामारीसँगै बाहिरि जिल्ला तथा बिदेशबाट आउनेको संख्यामा पनि बृद्धि भएको छ । महामारीका कारण बन्दाबन्दी हुने त्रासले घर फर्किनेहरु बढेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले राखेको तथ्यांक अनुसार गत मंसिर यता भारतबाटमात्रै १४ जना गाउँपालिका फर्किएका छन् ।

गाउँपालिकामा अन्य देशहरुबाट फर्किनेको संख्या पनि भारतकै हाराहारीमा छ । तेस्रो मुलुकबाट आउनेको संख्या १३ रहेको गाउँपालिकाले जनाएको छ । तेस्रो लहर सुरुभए यता गाउँपालिकामा २७ जना बिदेशबाट गाउँ फर्केका छन् । देशका ठुला सशरबाट फर्किनेको संख्या बिदेशबाट आउनेको भन्दा दोव्वर रहेको तथ्यांक खर्वाङ प्रहरीसँग छ ।

गाउँपालिकामा तेस्रो लहरका कारण २४ जना संक्रमित भएका छन् । वडा नं. २ मा मात्रै २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । तेस्रो लहरको त्रास चलिरहेका बेला गाउँपालिकाले ५३ प्रतिशत नागरिकलाई खोप लगाएको तथ्यांक सार्वजनिक गरेको छ । करिब ३२ हजार जनसंख्या रहेको बडिगाडमा १८ बर्ष उमेर माथिका १८ हजार १ सय ४८ नागरिकले एक मात्रा खोप लगाई सकेका छन ।
गाउँपालिकामा अहिले बुस्टर डोजको अभियान समेत शुरू भएको छभने १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई यहि माघ १२, १३ र १४ गते खोप लगाईने पालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए ।

अघिल्लो पटकको कोरोना संकटकाबेला औषधी अभाव झेलेको बडिगाडले यय पटक भने अभाव नझेल्ले स्वास्थ्यकर्मीले बताएका छन । अघिल्लोपटक सिटामोलको समेत अभाव झेलेको बडिगाडले अहिले सबै स्वास्थ संस्थामा औषधी संगै अन्य स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको जनाएको छ । केही औषधी सन्चितमा समेत राखेको दगातुम्डाडा स्वास्थ चौकिका हेल्थ असिस्टेन्ट हेम पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->