शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

निसीखोलामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

निसीखोलामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७८, बिहिबार

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँका ४० वर्षिय देविराम खड्काको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
बिहिबार बिहान मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–भलकोट खण्डमा ध२प १९२१ नम्बरको मोटरसाईकल चलाईरहेका खड्काको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाईकल सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए ।
खड्काको घटनास्थलमानै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थल पुगेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->