शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

तीन महिने सिप मूलक तालिम शुरु

तीन महिने सिप मूलक तालिम शुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७८, बिहिबार

बागलुङ/व्यवसायिक तथा शिप बिकास तालिम केन्द्र पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङको आयोजनामा तीन महिने सिप मूलक तालिम शुरु भएको छ ।

सिलाइ कटाइ, केश ऋगार र मन्टेश्वरी तालिमको बिहिवार देखि शुभारम्भ भएको हो । केन्द्रका प्रमुख सन्तोष पौडेलले तालिम उद्घाटन गरे । उनले बेरोजगारी अन्त्य गर्ने र युवालाई स्वरोजगार मूलक बनाउने सरकारी अभियानमा यस्ता तालिम उपयोगी भएको बताए ।

कार्यक्रममा इन्स्टिच्युटका प्रतिनिधि श्रीकृष्ण पौडेलले तालिमले युवाहरुको क्षमता बिकास भएको बताए । केही बर्षदेखि केन्द्रको अगुवाइ र इन्स्टिच्युटको सहकार्यमा बागलुङमा पनि आधादर्जन तालिमहरु संचालन हुँदै आएका छन् । केन्द्र प्रमुख सन्तोष पौडेलको अध्यक्षता, लेखापाल जगत नेपालीको संचालन र प्रशिक्षक इन्दु शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा अर्की प्रशिक्षक निर्मला पौेडेलले तालिमको औचित्य बारे प्रकाश पारेकी थिइन् । तीनवटै तालिममा २० जनाको दरले ६० जना सहभागि भएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->