पोखरा/ गण्डकी प्रदेशका प्रमुख डा. पृथ्वीमान गुरुङले कानूनी समानता व्यवहारमा लागू नभएको बताएका छन् । अनौपचारिक सेवा केन्द्र(इन्सेक) को प्रतिनिधिमण्डलसँगको बिहीबार भएको भेटमा विभिन्नखाले विभेद अन्त्य नभएको बताएका हुन् ।
उता,गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लक्ष्य मानवअधिकार उल्लंघनका घटनामा कमी ल्याउने रहेको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले भूकम्प र कोभिड १९ वटा अभिभावक गुमाएका बालबालिकालाई मनोवैज्ञानिक परामर्श जरुरी रहेको बताइन् । कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको संरक्षणका सवालमा प्रदेश सरकार सचेत रहेको बताए ।इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोली नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सहित प्रदेशप्रमुख, मुख्यमन्त्री र मन्त्रीकहाँ पुगेको थियो ।





