शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङमा गठबन्धन : वडामा आ-आफ्नै दावी, पालिकाको सहमति समेत भत्किने अवस्थामा

बागलुङमा गठबन्धन : वडामा आ-आफ्नै दावी, पालिकाको सहमति समेत भत्किने अवस्थामा


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

बागलुङ/आईतवार विहानसम्म पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका बागलुङका सत्तागठबन्धन दलको वडा तहमा भागवण्डा नमिल्दा सहमती भत्किने अवस्थामा पुगेको छ । मनोनयन दर्ताको पहिलो दिनको समय बितिसक्दा पालिका प्रमुख र उपप्रमुखमा स्तरमा सहमति गरेका दलहरु वडाको भागवण्डामा मिल्न नसकेका हुन् ।

जिल्लाका दशवटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा क–कसले उमेद्वारी दिने भनेर टुंगोमा पुगेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओबादीे बीचमा वडा तहमा सहमति हुन सकेको छैन् । वडाको भागबण्डामा उनीहरु आआफ्ना दावीमा अडिग रहँदा सहमती भत्किने अवस्थामा पुगेको छ । विहान एकिकृत समाजवादीलाई अलग राखेर सहमती गरेका नेपाली कांग्रेस, जनमोर्चा र माओवादीले वेलुकासम्म आईपुग्दा जनमोर्चा पनि सहमतीबाट वाहिरिएको छ ।

दुई भन्दा बढी दलको एउटै वडामा दावी भएपछि सहमतिमा पुगेको पालिका समेत कार्यान्वयन नहुने गरी बैठक स्थगित भएको छ । ‘तत्कालका लागि आन्तरीक छलफलका लागि बैठक स्थगित भएको छ, प्रयास जारी छ’ बैठकमा सहभागि एक नेताले भने ‘तंग्राम, लेखानी, अमलाचौर, अमरभूमि लगायतका केही वडामा कुरा मिल्न बाँकी छ ।’ उनका अनुसार काठेखोला गाउँपालिका-४ तंग्राममा कांग्रेस र राष्ट्रिय जनमोर्चाको दावी छ । दुवै दल तंग्राम छोड्न तयार नभएपछि छलफल अघि बढ्न सकेको छैन् ।

काठेखोला गाउँपालिका-८ लेखानीमा राजमो, माओबादी र कांग्रेस, बागलुङ नगरपालिका–१२ अमलाचौरमा राजमो, माओबादी र कांग्रेस तथा ताराखोला-१ अमरभूमिमा पनि तिनै दलको दावी कायम रहेको छ । जैमिनी नगरपालिका-५ बिनामारे, बागलुङ नगरपालिका-३ गुठीमा पनि दलहरुको आ–आफ्नै दावी छ । ‘बिषेश गरी कांग्रेस र राजमोको जनाधार प्रतिस्पर्धात्मक रहेका वडाहरुमा समस्या आयो’ बैठकबाट बाहिरिएका ती नेताले भने ‘रातीसम्म छलफल हुन्छ, बिहानसम्म पालिका स्तरमा भएको सहमति कायम रहन पनि सक्छ र भत्किनपनि सक्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->