पोखरा महानगपालिकाको ८५ हजार १ सय ५७ मत गणना भएको छ । उक्त मतसंख्या गणना हुँदासम्म गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य नेकपा एमालेका कृष्ण थापा भन्दा ३ हजार ३ सय ८७ मतले अघि रहेका छन् ।
सुरुवातदेखी अग्रता लिइरहेका धनराजले हालसम्म अग्रता कायमै गरेका छन् । धनराजले ३४ हजार ३ सय ३६ मत ल्याउँदा थापाले ३० हजार ९ सय ४९ मत ल्याए ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छिन् । उनले ३५ हजार ३ सय १२ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८ सय ४७ मत ल्याइन् ।
एमालेलाई अबको आस भनेकै वडा १६,१७,२१ र ३३ को रहेको छ । तर, पछिल्लो समय सार्वजानिक भएको अडियो प्रकरणले भने एमालेको हार हुने भन्ने देखिएको छ । कृष्ण थापालाई हराउन एमालेभित्रै ठुलो संख्यामा नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् ।
थापा गण्डकी प्रदेश सभासदस्यबाट राजिनामा दिएर पोखराको मेयरमा उम्मेदवार बनेका हुन् ।





