पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा १ लाख १ हजार १ सय २१ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार बनेका धनराज ३ हजार २ सय ६० मतको अग्रतामा रहेका छन् ।
उनी एमालेका कृष्ण थापाभन्दा निकै अघि बढेका छन् । उनले ४० हजार ४ सय ३४ मत प्राप्त गर्दा एमालेका थापाले ३७ हजार १ सय ७४ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी मञ्जुले १ हजार ६ सय १२ मतको अग्रता लिएकी छिन् । उनले ४२ हजार ३ सय १६ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ४० हजार ७ सय ४ मत प्राप्त गरिन् ।
१०११२१ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः
धनराज आचार्य गठबन्धन (कलम)– ४०४३४
कृष्ण थापा एमाले (सूर्य)–३७१७४
शंकर खराल राप्रपा (हलो)–४५८२
गणेश पौडेल स्वतन्त्र (लौरो)–२६१३
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२९७
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –४५०
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– १०६
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४६
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –१०२
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२३
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ७९
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –४१
नवराज बास्तोला स्वतन्त्र (आँप) –३६
रामराज अधिकारी स्वतन्त्र (खरायो) –८९
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –२३
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–६०
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –१०
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–१९
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २८
विमल बहादुर कार्की (भुइकटर)– ९
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–६
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २
उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –४०७०४
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –४२३१६
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –४५०९
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२२१
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–९९
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२७
शितला थापा नेकपा समाजवादी (कार)–१६
सोम माया वि.क स्वतन्त्र (पुतली)–३२





