आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा राप्रपाले सुधा-यो

पोखरामा राप्रपाले सुधा-यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७९, आइतबार

पोखरा/ पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यको अग्रता कायमै छ । उनलाई एमालेका कृष्ण थापाले पच्छ्याइरहेका छन् । अघिल्लो पटक एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले जितेको एमाले विरासत जोगाउन संघर्षरत रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पोखरामा अघिल्लो पटकभन्दा राम्रो प्रदर्शन गरेको छ ।

अघिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार गीता गुरुङले २ हजार २६२ र उपमेयरका उम्मेदवार रमेशबहादुर खत्रीले २ हजार ८४० मत प्राप्त गरेका थिए । यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित छ । कमल थापाले पुरानै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अस्तित्वमा ल्याइसकेका छन् र पोखरामा उसले पनि उम्मेदवार उठाएको छ । मेयरमा उठेका कमल गुरुङ धेरे पछाडि छन् । उनको खास उम्मेदवारहरुको चर्चा छैन । तर, राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राप्रपाले भने हालसम्मको गणनामा अघिल्लोपटकको भन्दा राम्रो परिणाम निकालेको छ ।

राप्रपाबाट पोखराको मेयरमा शंकर खराल उम्मेदवार बनेका छन् भने उपमेयरमा रञ्जनाकुमारी सेन मैदानमा छिन् । ९० हजार ५६१ मत गणना हुँदा खरालले ४ हजार १०६ र सेनले ३ हजार ९८६ मत ल्याएकी छन् । यो गतवर्षको अन्तिम परिणामभन्दा बढी हो । पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको छ । राप्रपाले मत बढाउने सम्भावना अझै बाँकी छ । विभाजित हुँदा पनि राप्रपाले प्रदर्शनमा गरेको सुधारले उसलाई पोखरामा तेस्रो शक्तिको रुपमा उभ्याएको छ । यद्यपि, माओवादी, कांग्रेस,एकीकृत समाजावादी, जनमोर्चा र जनता समाजवादीबीच गठबन्धन भएको छ र उनीहरुका मेयर÷उपमेयरमा आफ्नै उम्मेदवार छैनन् । राजेन्द्र लिङदेनप्रति पछिल्लो समयमा देखिएको आकर्षणका कारण राप्रपाले पोखरामा पनि हैसियत सुधारेको हो ।

कांग्रेसले बढायो वडा

पोखरा महानगरपालिकाको २० वडाको अन्तिम मत परिणाम सार्वजानिक हुँदा कांग्रेसले वडागत जितमा वर्चस्व कायम गरेको छ ।
३३ वटा वडा रहेको पोखरा महागनरपालिकाको १९ वडाको मत परिणाम आउँदासम्म कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ५ वटा वडामा विजय प्राप्त गरेको छ ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, १५,२०, २३, २४, २५, २६, २७ र २८ वडाको टुंगो लागेका हो । जसमा कांग्रेसले जितको वडाहरुमध्ये ७ वटा वडा कांग्रेस २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेकै वडा हुन् भने बाँकी ४ वटा वडा एमालेबाट खोसेको हो । ७, १३,१४, २४, २५,२६ र २८ नम्बर वडा एमालेले गुमाएको हो भने वडा नम्बर ६ कांग्रेसले गुमाएको छ । २०७४ सालमा कांग्रेसले २,३ ,४ ,६,९, १०, ११, १२ २३ २७ र ३२ नम्बर वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->