शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ऐसेलु खान गएका बालकहरु बिरामी

ऐसेलु खान गएका बालकहरु बिरामी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७९, आइतबार

बागलुङ/काठेखोला गाउँपालिका ५ को बिहुँकोटमा ऐसेलु खान गएका बालकहरु बिरामी परेका छन् । बिरामी बालकहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।

शनिवार दिउसो ती बालकहरु ऐसेलु खान जंगल तर्फ लागेको र बेलुकी फर्कंदा बिरामी परेको स्थानीय हर्कमान बिकले जानकारी दिए । ‘हाम्रै नातीहरु हुन्, उनीहरु आउँदा पेट दुख्यो भन्दै आए त्यसपछि गाउँमा सामान्य उपचार गरेपछि बागलुङ पठाएका छौं’ उनले भने, ‘के खाएछन् थाहै भएन ।’ जंगलमा पाइने बिषालु फलफूल खाएको हुन सक्ने उनले बताए ।

उनीहरु बिरामी परेपछि औषधी किन्न मेडिकलमा गएका अर्का बालकलाई सर्पले टोकेको समेत उनले बताए । सर्पले टोकेका बालकलाई पोखरा रिफर गरिएको छ भने अन्य बालकहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको हो । अस्पतालकी बाल रोग बिशेषज्ञ डा. कृति कंडेलले बालकहरुमा उच्च ज्वरो समेत भएकोले बिशाक्त खाना मात्र नभएको बताइन् । ‘कडा ज्वरो भएकोले पेटमा इन्फेक्सन समेत देखिन्छ’ उनले भनिन्, ‘विस्तृत रिपोर्ट आएपछि उनीहरुको समस्या बताउन सकिन्छ ।’ ती बालकहरुले खाएको पानी समेत खराव हुनसक्ने उनले बताइन् ।

जंगलमा ऐसेलु खाएको भनेपनि बिषालु बस्तु खाएको हुन सक्ने भएकोले अनुसन्धान पनि गर्नु पर्ने कंडेलले बताइन् । ‘पहिला उपचार गरेर निको बनाएपछि के रहेछ भन्ने खोजी समेत गर्नुपर्छ’ उनले भनिन्, ‘शरिरमा बिषालु पदार्थ परेकोले बिरामी भएका हुन् ।’ उपचार गरेका मध्ये ४ जनाको अबस्था सामान्य भैसकेको र २ जनामा अझै समस्या बा“की रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->