शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङमा युवा बिद्यार्थीद्वारा मुल्य बृद्धिको बिरोध

बागलुङमा युवा बिद्यार्थीद्वारा मुल्य बृद्धिको बिरोध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

बागलुङ/ पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा बागलुङमा बिभिन्न संगठनहरुले प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ लगायतका संगठनहरुले मुल्य बृद्धिको बिरोध गरेका हुन् ।

सोमबार बागलुङ बजारको मुख्य चोकमा युवा तथा बिद्यार्थीहरुले तत्काल मुल्यबृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । सरकारले सर्वसाधारण र युवा विद्यार्थीहरुको ढाड सेक्नेगरी मुल्य बृद्धि गरेको भन्दै उनीहरुले मुल्य बृद्धिको निर्णय तत्काल फिर्तालिन आग्रह गरे ।

उनीहरुले खर्च कटौती, भ्रष्टाचार नियन्त्रण गर्नुको साटो सरकार कमाउ धन्दामा लागेर मुल्यबृद्धिको मार जनतामा थोपरेको आरोप लगाए । सरकारले ११ महिनामा ७६ प्रतिशत मुल्यवृद्धि गरेको भन्दै सरकार असफल भएको उनीहरुले दाबी गरे ।

यस्तै, राष्ट्रिय उपभोत्तला मञ्च बागलुङले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र सदस्य जयलाल सापकोटाको टोलीले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेलमार्फत प्रधानमन्त्रिको कार्यालयमा ज्ञापन पत्र पेस गरेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बुझाएको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेलले ज्ञापन पत्र छिटोभन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->