शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

किसानको आवश्यकता हेरेर कार्यक्रम बनाउ

किसानको आवश्यकता हेरेर कार्यक्रम बनाउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

बागलुङ/ तीन तहका सरकारले आगामी बर्षको बजेट ल्याउँदा किसानको आवश्यकता हेरेर बजेट ल्याउनुपर्ने किसानहरुले बताएका छन् । देशको अर्थतन्त्रको मुख्य भाग ओगटेको कृषि क्षेत्रमा लगानी बढाउन र भैरहेको लगानी उपलव्धीमुलक बनाउन किसानहरुले आग्रह गरे ।

गण्डकी प्रदेश सरकारकारको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवि निवारण मन्त्रालयले बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागि किसानहरुले उत्पादनमा बृद्धि र प्राङ्गारिक उत्पादनको सन्तुलनका लागि सरकारी कार्यक्रम तय हुनुपर्नेमा जोड दिए ।

‘अनुदान वास्तविक किसानले पाउनेगरी आउँदा किसानलाई राहत र उत्पादन बढाउन सहयोग हुन्छ’ तालिममा सहभागि किसान बाबुराम शर्मा भन्छन् ‘किसानले जे उत्पादन गर्नसक्छ त्यसका लागि अनुदान चाहिने हो, अनुदानको कार्यक्रमले मागे अनुसारको उत्पादन किसानका लागि असजिलो हुनपनि सक्छ ।’

मन्त्रालयले मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रममा आबद्ध समूह सहकारीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको तालिम बुधबार सकिने छ । तालिममा कार्यक्रममा सहभागि किसान र कृषि प्राबिधिक गरी २५ जनाको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण मन्त्रालयका उपसचिव ध्रुव गिरी, कृषि अर्थ बिज्ञ, नारायण प्रसाद पाठक, भेटेरीनरी अस्पताल तथा पशुबिज्ञ सेवा केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटा र कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सहजिकरण गर्नेछन् ।

किसानले गरेका उत्पादनमा सरकारी पक्षबाट भैरहेको सहयोगले परनिर्भरता बढ्न नहुनेमा तालिममा सहभागि सरोकारवालले जोड दिए । ‘आज सरकारले अनुदान दिईरहेको छ, सानो लगनी मात्रै किसानको छ, भोली सबै लगानी गर्नुपर्ने वातावरण आउँदा किसानले व्यवसाय छोड्ने नहोस’ उपसचिव गिरीले भने ‘अहिले चलेका कार्यक्रमले परनिर्भरता नबढोस, आत्मानिर्भर बन्ने वातावरण बनोस ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->