शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बार र बेञ्चको सहकार्यले जनताको न्याय

बार र बेञ्चको सहकार्यले जनताको न्याय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७९, बुधबार

बागलुङ/उच्च अदालत बागलुङकी न्यायाधिस निलम पौडेलले बार र बेञ्चको सहकार्यबाट जनताले न्याय पाउने बताएकी छिन् ।

हालै उच्च अदालत बागलुङमा आएकी पौडेलको स्वागतकालागि आयोजित कार्यक्रममा बोल्दै उनले बारको ऐतिहासिक महत्वको कारण देशको न्यायपालिका समेत उचो रहेको बताइन् । कानून व्यवसायीले देखाउने उच्च व्यवसायिक म¥र्यादा र बौद्धिकताले अदालतले न्याय दिन सक्ने समेत बताइन् ।

पौडेल कानून व्यवसायबाटै न्यायाधिसमा आएकी हुन् । सरुवा भएर आएकी पौडेल हाल उच्च अदालतको दोश्रो बरियताक्रमकी न्यायाधिस हुन् । उनले अदालतबाट आम नागरिकले न्याय पाएको अनुभव गर्ने गरी काम गर्ने समेत बताएकी थिइन् । मंगलवार आयोजित कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायालय स्वच्छ र म¥र्यादित हुँदा देशको अन्य निकाय पनि म¥र्यादित बन्न सक्ने बताए । उनले कार्यपालिका र व्यवस्थापीका तथा कर्मचारीतन्त्र समेत सचेत बन्ने अवस्था ल्याउन न्यायपालिका सक्षम बन्नुपर्ने बताइन् । अदालतमा आउने हरेक न्यायाधिस सक्षम, निडर र क्षमतावान बन्नुपर्ने समेत सुझाव दिए ।

कार्यक्रममा अर्का न्यायाधिस माधवेन्द्र राज रेग्मीलाईपनि स्वागत गरिएको थियो । उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष तथा अधिवक्ताहरु निरन्जनलाल राजभण्डारी, राजुप्रसाद गौतम, केशव पराजुली अधिवक्ता ममतादेवी शर्मा लगायतले बोलेका थिए ।

उच्च अदालत बार एसोसिएसनले मंगलबारै जिल्ला अदालत बागलुङका न्यायाधिस बासुदेव न्यौपानेलाई बिदाइ समेत गरेको छ । उमेरहदले अनिवार्य अवकास पाउन लागेका न्यौपानेको बिदाइकालागि बारले छुट्टै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा न्यौपानेले लामो समय जागिरे जीवन र न्यायाधिसको जीवनमा कसैको आलोचना नखेपी निस्कन पाएको बताए । ‘मलाइ समय र भाग्ले पनि साथ दियो, कानून व्यवसायी पनि सहयोगी पाएँ’ न्यौपानेले भने, ‘कुनैपनि बिबाद बढाउनु परेन, लामो जागिरे जीवन सकेर फर्कदापनि गुनासो सुन्न नपरेकोमा भाग्मानी ठान्छु ।’ अनिवार्य रुपमा उनले बुधवारबाट अवकास पाउँदैछन् ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले कानूनी शासनको स्थापनामा लाग्ने मुख्य उद्देश्य राख्दा कोही कसैसँग बिरोधी बन्नु नपर्ने बताए । उनले न्यायाधिस न्यौपानेको शालिनताको पनि खुलेर प्रसंसा गरेका थिए ।

कार्यक्रममा अधिवक्ता काजी गाउँले, लक्ष्मी जिसी कार्की लगायतले बोलेका थिए । बारका अध्यक्ष अखिल नाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । तीन बर्ष अघि आएका न्यौपानेकै पालामा जिल्ला अदालतको भवन उद्घाटन भएको थियो । भाडाको घरबाट आफ्नै भवनमा सरेपछि अदालतमा सर्वसाधारणको पहुँच पनि बढेको छ । न्यौपाने सरकारी सेवाको लामो जीवनपछि न्यायक्षेत्रमा आएका थिए । अब भने उनले कुनै न कुनै क्षेत्रबाट जीवन सक्रिय बनाउने भन्दै सामाजिक क्षेत्रलाई पेशा बनाउने बताए । उच्च अदालत बागलुङले जिल्ला र उच्च अदालतमा आउने न्यायाधिसको स्वागत र सरुवा तथा निवृत्त हुनेको बिदाइ गर्दै आएको छ । यस्ता क्रियाकलापले बार र बेञ्चको सम्बन्ध पनि सुधार हुने अधिवक्ताहरुले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->