पोखरा/ तमु धिं नेपाल र तमु कलाकार संघ गण्डकीले युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा गुरुङ र तमु धिं युकेका सल्लाहकार डेविड गुरुङलाई सम्मान गरेको छ ।
अमेरिकाबाट पोखरा आएका समाजसेवी कर्मा गुरुङ र डेविड गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिको कार्यालयमा तमु धिं नेपालका अध्यक्ष एवम तमु कलाकार संघका सल्लाहकार हुमबहादुर गुरुङ, कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, संघका संस्थापक अध्यक्ष दुर्गा गुरुङलगायतले सम्मान गरेका हुन् ।





