बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नाबालिग करणी प्रकणर : उच्च अदालत पोखरामा सुनुवाई सकियो

नाबालिग करणी प्रकणर : उच्च अदालत पोखरामा सुनुवाई सकियो


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

पोखरा/ नाबालिका बलात्कार अभियोगमा पुर्पक्षमा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्धाको सुनुवाई सकिएको छ । पुर्पक्षका लागि जेल गर्न आदेश दिएको जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश बदर गर्न उच्च अदालत पोखरामा निवेदन परेको थियो उक्त निवेदन उपर आज सुनुवाई भएको हो ।

उच्च अदालत पोखराको इजलाश नं. ३ मा न्यायधीश उज्जवल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाई सम्पन्न भएको हो । फैसला भने अबको केहि समयमै आउने उच्च अदालत पोखराका रजिष्टार तथा सुचना अधिकारी विष्णु आचार्यले जानकारी दिए ।

अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए । जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->