पोखरा/नाबालिग जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक पल शाह (पुर्णविक्रम) लाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको छ ।
विहिबार उच्च अदालत पोखरामा भएको सुनुवाईले जिल्ला अदालत तनहुँकै आदेशलाई सदर गरेको हो । नाबालिगले आफुलाई तनहुँ र नवलपुरमा करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।
उक्त उजुरी पश्चात शाह पक्राउ परेका थिए । उनलाई पुर्पक्षमा राख्न आदेश गरेपछि शाह उच्च अदालत पुगेका थिए । जिल्लाको आदेश बदर गर्नुपर्ने र तारिखमा छाड्नुपर्ने भन्दै निवेदन दिइएका थिए ।
इजलास ३ का न्यायधीश उज्जव शुक्ल र श्रीधरा पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो ।





