शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नदी दोहन राक्न प्रहरीको सक्रियता

नदी दोहन राक्न प्रहरीको सक्रियता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

बागलुङ/ कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अबैध रुपमा कालीगण्डकी किनारबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो ।

यसअघि बुधबार बिहान बागलुङ नगरपालिका–१ मा पर्ने कालीगण्डकी किनारमा अबैध रुपमा ढुंगा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन् नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकी नदीको दोहन रोक्न सक्रियता बढाएको हो । यद्यपी प्रहरीलाई कारवाही गर्ने अधिकार भने छैन् ।

प्रहरीको नियन्त्रणमा आएका पाँचवटै ट्याक्टर तथा त्यहाँ रहेका सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
बुधबार राति ९ः३० बजेको समयमा बागलुङ नगरपालिका–१ मा नै पर्ने कालीगण्डकी किनारबाट ध १ त ४१७ र लु४त ८३६३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
दुवै ट्याक्टर अदालतको आदेश विपरित कालीगण्डकी किनारको दोहन गरेको प्रहरीको आरोप छ । ‘अहिले अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौं’, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने,‘हाम्रो नगरको नियम अनुसारको जरिवाना गरेर ट्याक्टर छोड्ने गरिएको छ ।’

प्रहरीले बुधबार बिहान पनि ध१त ३५५, ध १ त २३७ र ध१ त ४५८ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको थियोे । पक्राउ परेका ट्याक्टरले पहिलो पटकका लागि पाँच हजार रुपैयाँ, दोस्रो पटकमा दश हजार र तेस्रो पटकमा २० हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ । त्यो भन्दा धेरै पटक नियम उल्लंघन गरेमा नगरपालिकाले आवश्यक कारवाही अघिबढाउने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->