बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोट समाज पोखराले चाउथेमा बनाउन थाल्यो ‘समाज घर’

गलकोट समाज पोखराले चाउथेमा बनाउन थाल्यो ‘समाज घर’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७९, सोमबार

पोखरा / गलकोट समाज पोखराले आफ्नो समाजघर निर्माणका लागि काम सुरु गरेको छ । स्पोट्र्स सेन्टरसहितको समाज घर निर्माणका लागि सोमबार जगपुजा (शिलान्यास) गरिएको समाजले जनाएको छ ।

पोखरा-१४ चाउथेस्थित रातडाँडामा ११ आना जग्गामा समाजले स्पोर्ट्स सेन्टर सहितको समाज घर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ गरिएको समाजका अध्यक्ष खडक वहादुर थापाले वताए ।

समाज घरको शिलान्यास घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी, गाजादहको माटो र ताराखोलाको फ़ुल जगमा राखेर गरिएको थियो ।
कार्यक्रममा स्वर्गिय गुमानसिं थापाको सम्झनामा उनका छोरा राजन र निराजनको बिशेष उपस्थितिमा ८८ बर्षिय हजुरआमा मनकुमारी थापाले जग स्थापना गरिन् ।

सो अवसरमा बोल्दै अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, बिशेष सल्लाहाकार मोहनचन्द राजन, निवर्तमान अध्यक्ष मीनबहादुर खत्री, पुर्व अध्यक्ष हिरा बहादुर खत्रीले शुभकामना मन्तव्य राख्दै भवन छिट्टै निर्माण गर्नुपर्ने वताए ।

समाजका अध्यक्ष खडकबहादुर थापाको सभापतित्वमा भएको शिलान्यास कार्यक्रमको संचालन समाजका महासचिव तुलचन्द्र खिम थापाले गरेका थिए ।

बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोडको लगानीमा सो समाजघर बनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->