मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राजमार्ग बिस्तार हुँदा खानेपानी आयोजना समस्यामा

राजमार्ग बिस्तार हुँदा खानेपानी आयोजना समस्यामा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

पोखरा/ पृथ्वी राजमार्गको मुग्लीनदेखि पोखरा सडक खण्ड विस्तारको क्रममा हुने विभिन्न खानेपानी आयोजनाहरुलाई पुग्ने क्षतिको विषयमा सोमबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको पहलमा तनहुँको खैरेनीटारदेखि लेखनाथ भित्र रहेका विभिन्न खानेपानी उपभोक्ता संस्थाहरु विच आयोजना गरिएको छलफल कार्यक्रमका वक्ताहरुले आयोजनाको कारणले हुने क्षतिको जिम्मेवार स्वयं आयोजना हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले सडकको विषयमा बेला बेला परिवर्तन हुने गरेका सरकारी मापदण्डहरुका कारण खानेपानी क्षेत्र विगतदेखि नै प्रभावित हुँदै आइरहेकोमा यसपाली पनि पृथ्वी राजमार्ग सडक विस्तारका कारण हुने करोडौंको क्षति उपभोक्ता संस्थाहरुले व्यहोर्न नसक्ने उनका अनुसार आयोजना संचालन हँुदा लेखनाथ खानेपानी उपभोक्ता सस्थाको विजयपुरदेखि कोत्रे खण्डको करिव १३ किलोमिटर क्षेत्र भित्रको पाइप लाइन मर्मत गर्दा सस्थाको करिब सात करोड ३६ लाखको क्षति हुने बताए ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायणप्रसाद काफ्लेले आयोजनाको कारणले हुन सक्ने क्षतिको यथार्थ लागत अनुमान गरी आयोजना समक्ष प्रस्तुत गर्न आग्रह गर्दै उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सामुहिक रुपमा समस्याको समाधान गर्ने वताएका छन ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरि तिमिल्सिनाले विगतका विभिन्न नजिरहरुलाई हेर्दा आयोजनाका कारणले हुने क्षतिलाई आयोजनाकै लागतमा राखेर सम्पन्न गर्ने गरीएको वताउँदै सोही अनुसार अगाडी वढ्नुपर्ने वताएका थिए ।

कार्यक्रममा सडक विभाग आयोजना प्रमुख अमृतकुमार श्रेष्ठले एशियाली विकास बैकको वित्तिय सहयोगमा सम्पन्न हुने आयोजनाअन्तर्गत बाटोको दायाका रहेका संरचनाको पुनर्निर्माणका लागि ४६ करोड ७७ लाख बजेट छुट्एको बताउदै खानेपानी आयोजनाहरुको क्षेतीको यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका महासचिव रामचन्द्र उपाध्याय, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल, विजयपुर खानेपानीका बुद्धि प्रसाद भण्डारी, भुपु सैनीक खानेपानीका मोहन ब. थापा, गगनगौंडा खानेपानीका राजु खत्री, बेलचौतारा खानेपानीका जमुना पौडेल, दुलेगौंडा खानेपानीका राजुराम श्रेष्ठ लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव नारायणी भटृराईले गरेकी थिइन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->