शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नीति र बजेटका लागि बागलुङ नगरमा बिषयगत छलफल शुरु

नीति र बजेटका लागि बागलुङ नगरमा बिषयगत छलफल शुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७९, सोमबार

बागलुङ/ आसन्न नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकासको क्षेत्रमा बढी कार्यक्रम राख्न सरोकारवालाले सुझाव दिएका छन् ।

बागलुङ नगरपालिकाले आयोजना गरेको सामाजिक विकास समिति अन्र्तगतका क्षेत्रमा समोश गरिने प्रस्तावित कार्यक्रमबारे आयोजित अन्तरक्रियामा सरोकारवालाले दर्जनौ माग राखेका हुन् । कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने, सट्टा शिक्षक र सट्टा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने तथा बालमैत्री सिकाइका सूचक पुरा हुनेगरी कार्यक्रम समावेश गर्नुपर्ने सुझावहरु धेरै आएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।

आइतबार बिहान भएको कार्यक्रममा शिक्षक संघका अध्यक्ष उमाकान्त शर्मा, नेपाल शिक्षक संगठनकी अध्यक्ष गंगा शर्मा, सेतो गुराँस बाल विकास सेवाका अध्यक्ष महेशचन्द्र प्रधान लगायतका सहभागिले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्ने धारणा राखे । उनीहरुले संस्थागत र सरकारी विद्यालयमा भएको असमान शिक्षालाई एकरुपता ल्याउनुपर्ने सुझाव पनि दिए ।
सामुदायिक विद्यालयमा बाल विकास कक्षा उत्तिर्ण गरेपछि कक्षा १ मा पुग्ने र संस्थागत विद्यालयले ४ वर्ष लगाउने पद्दतीले माथिल्लो कक्षामा पुगेका बालबालिकामा पढाइको तह एक प्रकारको नभएको, अभिभावकको लगानी अनावस्यक बढेको लगायतका टिप्पणी भएका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखाका सचिव मणभद्र शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, लोकेन्द्र केसी, तारा शर्मा, जेष्ठ नागरिक लालचन्द्र राजभण्डारी, चिरन्जिवी श्रेष्ठ लगायतले पनि आगामी नीतिमा समावेश गर्नुपर्ने बिषय सुझाएका थिए ।

जेष्ठ नागरिकको दिवा सेवा संचालन गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणमा भारतीय सेना र नेपाली निवृत्तीभरण पाउने बीचको बिभेद अन्त्य गर्नुपर्ने सुझाव समेत दिएका थिए । ‘खेल मैदान निर्माणमा बिनियोजन भएको बजेट समेत समयमा नगरपालिकाले चासो नराखीदिंदा खेलकुको ३० लाख बजेट फ्रिज भयो’ जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्काले भने, ‘अब त्यस्तो नहोस् ।’ एक वडा एक खेल मैदानसमेत कार्यान्वयनमा नआएको समेत उनले बताए ।

साहित्यकार प्रेम छोटाले आफ्नै अध्यक्षतामा बिरशाली पन्त पुरस्कार कोष स्थापना भएर पनि नगरपालिकलो वास्ता नगर्दा यसअघि बितरण गर्न नसकेको गुनासो गरे । उनले ५० हजार राशीको पुरस्कार दिने गरी नगरपालिकाले कार्यक्रम लयाउनुपर्ने सुझाव दिए । कार्यक्रममा स्वास्थ्यकर्मी बिष्णु शर्माले मेयर संग स्वास्थ्यकर्मी जागरण कार्यक्रम, जेष्ठ नागरिकलाई लौरो र चस्मा, बिषादीबारे सचेतना जसता कार्यक्रम समावेश गर्न पनि सुझाव दिएका थिए ।

सहभागिले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा अहिलेको अवस्था झल्कने गरी श्वेत पत्र जारी गर्नुपर्ने धारणा पनि राखेका थिए । उक्त सुझावलाई मनन् गरेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठले श्वेतपत्रको तयारी गरेको जानकारी दिए ।

सामाजिक विकास समितिका अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता, सूचना अधिकारी धनप्रसाद पोखरेलको संचालन र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको स्वागतमा समपन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष लक्ष्मी बास्कोटाले महिला हिंसा न्युनिकरण तथा हिंसा पीडितलाई सुरक्षित आवास बनाउने लगायतका बिषयमा नगरपालिका संवेदनशिल बन्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->