शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङ बजारबाट गाजासहित दुई युवा पक्राउ

बागलुङ बजारबाट गाजासहित दुई युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७९, आइतबार

बागलुङ/ बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने बर्ष २३ बर्षिय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २२ बर्षिय राजु थापा गाजासहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ सय ९० ग्राम लागुऔषध (गाजाको धुलो) बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनीहरुविरुद्ध लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा अनुसन्धान भैरहेको छ । साथै, उनीहरुको साथबाट दुई थान मोबाईल दश हजार पैसा र चुरोट तथा लाईटर बरामद भएको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->