शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङ नगरको बजेट एक अर्ब ३१ करोड

बागलुङ नगरको बजेट एक अर्ब ३१ करोड


  • ढोरपाटन संवाददाता
  • असार १० २०७९, शुक्रबार

बागलुङ/  बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिकाको ११ औं नगरसभाको दोस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण, उच्च बजार मुल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषि समुहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम गरी कृषितर्फ ५२ लाख ५० हजार विनियोजन गरेको छ ।

पशुपालन व्यवसाय प्रवद्र्धन, कृषि तथा पशु मेला, कृषि तथा पशु विमा, माछा मासु बिक्री केन्द्र सुधार लगायतका कार्यक्रमका लागि २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उपप्रमुख खड्काले बताए । स्थानीय अर्थतन्त्रको विकास साझेदार संस्थाको रुपमा रहेको सहकारी क्षेत्रका लागि दश लाख बिनियोजन भएको छ ।

धार्मिक तथा पर्यापर्यटन पुर्वाधार निर्माण, प्रचारप्रसार लगायत नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम र होमस्टे प्रवद्र्धन, कोशेली घर स्थापना, हनुमान नाच, चैत्राष्टमी मेला, भैरवस्थान हरेलु मेला व्यवस्थापन, पौराणिक संस्कृति संरक्षण र सम्र्वधन लगायतका पर्यटन विकास कार्यक्रमका लागि बजेट बिनियोजन भएको छ । बागलुङ बजारको उपयुक्त स्थानमा विशेष सुविधाको उप–प्रमुख नमुना बजार संचालनको लागि बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम र श्रम बैंक स्थापना तथा संचालनका लागि ४१ लाख, धौलागिरी अञ्चल अस्पतालमा हरि खड्का ट्रमा सेन्टर स्थापनका लागि २० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ८ करोड ७४ लाख ७५ हजार, स्मार्ट शौचालय निर्माण साझेदारी कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । बागलुङका छिमेकी पालिकाहरुको समन्वय बैठकको लागि ३ लाख रुपैयाँ विनियोजन भएको छ ।

समाजको सान, जेष्ठ नागरिकको सम्मान भन्ने नारासहित जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन र जेष्ठ नागरिक तिर्थाटनका लागि वडा अध्यक्ष श्रवण कुमार कार्यक्रम लागि १७ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले कर उठाउनका लागि बजेट बिनियोजन गरेको छ । ‘समयमै कर तिरौं, नगर विकासमा सहभागी बनौं’ भन्ने अभियानका साथ कर सचेतना तथा घरदैलोका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको खड्काले बताए ।

आगामी आर्थिक वर्षमा चालुतर्फ ८४ करोड ५२ लाख १२ हजार ५ सय र पुंजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान रहेको खड्काले बताए । वित्तीय व्यवस्था १ करोड २२ लाख ४४ हजार अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड ९२ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->