बागलुङ/ बागलुङको तमानखोला गाउँपालिकाले ३१ करोडको बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको गाउँपालिकाले शिक्षा क्षेत्र प्राथमिकतामा राखेको छ ।
गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेकोे बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड दिएको छ । कला संस्कृति, पुरातात्विक पहिचान झल्काउन र ग्रामिण क्षेत्रको पहिचान दिलाउनका लागि तमान गाउँका सबै घरलाई एकै किसिमको रंगले रंग्याएर पहिचानसहितको गाउँ निर्माण गरिने बजेटमा । जडिवुटि पार्क निर्माण गरीने, ३ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिपमुलक र आत्मनिर्भरमुखि बनाउने गरी पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत कृषि उत्पादन र आर्थिक उर्पाजन मुलक कार्यक्रममा जोड दिइने उल्लेख छ ।





