पोखरा, ११ साउन– कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको सर्वाधिक राशीको लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको छ ।
पोखरा शभागृहमा भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको प्रतिस्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिदैँ उनले प्रतियोगिता निशुल्क प्रवेश राखेको बताए ।
खुल्ला दोहोरीगीत प्रतियोगितामा प्रथम हुने समुहले ६ लाख रुपैयाँ दोस्रो हुनेले ३ लाख रुपैयाँ, तेस्रो हुने समुहले २ लाख रुपैयाँ र सान्त्वना हुने समुहले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट गायक र अनुशासित टिमलाई समान ५०–५० हजार रुपैयाँ प्रदान गरिने छ । कार्यक्रमबाट ५५ लाख बचत हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा देशभरबाट ४६ समुहको सहभागिता रहेको उनले जानकारी दिए ।






