आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

भेटिएको नागरिकता दुरुपयोग गरी ठगि गर्ने ३ जना पक्राउ

भेटिएको नागरिकता दुरुपयोग गरी ठगि गर्ने ३ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७९, बिहिबार

पोखरा/कञ्चनपुरका निरज पाण्डेको नागरिकता हराएको थियो । उनको सक्कल नागरीककताको प्रमाणपत्र हराएको निवदेन समेत दिए, फेला परेन ।

यो अधिकांश नेपालमा भइराख्ने घटना हो । देशका हरेक जिल्लामा नागरीकता हराएका व्यक्तिहरु धेरै छन् । तर, निजर पाण्डेको नागरीकता जस्ले भेट्यो उसले त्यसको दुरुपयोग ग¥यो ।

निरजको नामबाट काठमाडौंमा एभरेष्टलिंक इन्टरनेशनल एजुकेशन प्रा.लि. नामक कम्पनी दर्ता भयो । कञ्चनपुरका उनको काठमाडौंमा कम्पनी नै खडा भयो ।

उनको कम्पनीको दर्ता नम्बर २७९५९६÷०७८÷०७९ हो । यो कम्पनी अघिल्लो मंसिर २८ गते दर्ता गरिएको हो । उनको नागरीकताबाट नीजि कम्पनी मात्रै दर्ता भएन् ।

सेन्चुरी बैंक र कुमारी बैंकमा खाता समेत खोलियो । जब यो कुरा उनले थाहा पाए त्यसपछि उनी प्रहरीको पुगे । उनले वैदेशिक रोजगारमा रसिया पठाई दिने प्रलोभनमा पारी मेरो नामबाट सर्वसाधारणलाई ठगी गरेकोले ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गरी कारवाही गरी पाउँ भनि निवेदन दिए ।

सोही निवेदनको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनको त्यो नागरीकताबाट खोलिएको कम्पनीको काम भनेको व्यक्तिहरुलाई ठगि गर्नु थियो ।

उनीहरुले ज्ञानेश्वरस्थित घरमा अफिस खडा गरी ठगी कार्य गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

उनका अनुसार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्वन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागी आज जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको छ ।

प्रहरीले भक्तपुर मध्येपुर ठिमी नगरपालिका ९ का सुरेश भनिने प्रदिप कर्मचार्य ( कम्पनीका सिइओ), यस्तै बैंकमा निरज पाण्डेयको नाममा खाता खोल्ने मुगु खत्याड गाउँपालिका ११ घर भइृ हाल काठमाडौं बस्दै आएका २४ वर्षिय विशाल कार्की र सोही स्थानका २१ वर्षि रामकृष्ण रावत (कम्पनीका सहजकर्ता) लाई पक्राउ गरेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->