बागलुङ/ बागलुङको जैमिनी नगरपालिका, १ कुश्मीशेराको सोत भन्ने ठाउँमा एक पुरुषको सव फेला परेको छ । कुश्मीशेरा बजारदेखी कालिगण्डकी करिडोर जैमिनी धाम जोड्ने सडकको नालीमा सडेगलेको अबस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान घाँस काट्नका लागि सोत पुगेका स्थानीयले शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । प्रहरी चौकी कुश्मीशेराको टोलिले घटनास्थल पुगेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयर्ला खवर गरेको थियो ।
शव सडेगलेको अबस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । शवर्लाई पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ लैजाने तयारी छ ।
‘नजिकको कसैले हराएको भनेर खवर नगरेकाले शव टाढैको मानिसको हुनसक्ने हाम्रो अनुमान छ’, रानाले भने ‘मृतकको साथबाट केही औधषिहरु समेत बरामद भएका छन््, थप अनुसन्धान हुन्छ ।’





