शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

विद्यामन्दिर पुस्तकालयले दिवस मनाउने

विद्यामन्दिर पुस्तकालयले दिवस मनाउने


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७९, आइतबार

बागलुङ/बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ औं पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५ गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए ।

भदौ ९ गते बजारका बिभिन्न चोकमा प्रचारात्मक नारासहित व्यानर राख्ने, भदौ १० गते पुस्तकालयले सञ्चालन गरेको बाल विकास केन्द्रका बालबालिकाको स्वास्थ्य परीक्षण र शैक्षिक सामग्री वितरण, भदौ ११ गते मोती जयन्ती मनाउने शनिवार बसेको पुस्तकालयको कार्य समितिले निर्णय गरेको छ ।

त्यसैगरी, भदौ १२ गते अन्तर माविस्तरीय चित्रकला प्रतियोगिता, भदौ १३ गते पुस्तकालय परिसरमा सरसफाई र बागलुङ कारागारमा पुस्तक हस्तान्तरण, भदौ १४ गते चित्रकला प्रर्दशनी र भदौ १५ गते गंगाप्रसाद स्मृतिकोषको पुरस्कार वितरणसहित मुल समारोह गर्ने पुस्तकालयका सचिव रामचन्द्र शर्माले बताए ।

बिद्यामन्दिर पुस्तकालयको ७४ औं साधारणसभा तथा ३६ औं अधिवेशन आगामी असोज ८ गते गर्ने निर्णय भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि पुस्तकालयका पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठको संयोजकत्वमा गोविन्द प्रसाद वझा र उत्तम प्रसाद श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।

सो अवसरमा पुस्तकालयका कार्यसमिति सदस्य अधिवक्ता काजीगाँउले श्रेष्ठ हालै वरिष्ठ अधिवक्ता हुनुभएकोमा अध्यक्ष शर्माले खादा लगाई बधाई शुभकामना दिएका थिए । बैठक पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->