बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्युज डटकमका सहसम्पादक तारानाथ आचार्य सहित दुई पत्रकार पुरस्कृत भएका छन् । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आइतवार एक समारोहका बीच उत्कृष्ठ पत्रकारिता गरेको भन्दै आचार्यलाई कालीका पत्रकारिता पुरस्कार दिएको हो ।
हरेक बर्ष दुइ जना पत्रकारलाई दिने पुरस्कारबाट राष्ट्रिय समाचार समितिका संवाददता राम थापा अविरल पनि पुरस्कृत भए । दुवैजना जिल्लामा दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
गुठीले ५ हजारको दरले नगद पुरस्कार र प्रमाण पत्र सहित दुवैजनालाई पुरस्कृत गरेको हो । गुठीका अध्यक्ष तथा पदाधिकारीले उनीहरुलाई सम्मान समेत गरेका थिए । गुठीले केही बर्षदेखि पत्रकारलाई कालीका पत्रकारिता पुरस्कार दिन थालेको हो ।
कार्यक्रममा पुरस्कृत थापाले कालीका मन्दिर जिल्लाको पर्यटकीय र धार्मिक गन्तव्य भएकोले पत्रकारिता मार्फत धेरै प्रचार भएको बताए । उनले प्रचारकै कारण पनि धेरै भक्तजन आउने, कालीका प्रतिको विश्वास बढ्ने भएको बताए । आगामी दिनमापनि पत्रकारले नियमित समाचार लेखेर कालीकाको प्रवद्र्धनमा साथ दिने बताएका थिए ।






