शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

व्यवारिसे भेटीएको ग्रिनेट सेनाद्वारा निस्कृय

व्यवारिसे भेटीएको ग्रिनेट सेनाद्वारा निस्कृय


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७९, सोमबार

बागलुङ/लामो समयदेखि व्यवारिसे जस्तै रहेको ग्रिनेट नेपाली सेनाले निस्कृय बनाएको छ । तमानखोलामा भेटिएको ग्रिनेट नेपाली सेनाले शनिवार राती निस्कृय पारेको हो ।

तमानखोला गाउँपालिका वडा नं. ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा उक्त ग्रिनेट भेटिएको थियो । भेटिएको ग्रिनेट घोडाबाँधे स्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्कृय बनाएको हो ।

टेकमायाका ज्वाइ मानबहादुर रोकायले ५ महिना अगाडि राख्न दिएको झोला खोली हेर्दा डल्लो बस्तु भेटिएको थियो । उक्त बस्तु ती महिलाले शनिवार छिमेकीलाई देखाएकी थिइन् । स्थानीयले उक्त बस्तु खतरा हुन सक्ने भन्दै सेनालाई खवर गरेका थिए । उक्त बस्तु राख्न दिने रोकाय भूतपूर्व भारतीय सेनाका जवान हुन् ।

उक्त जानकारीपाएपछि श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठले डिस्पोजल टोली पठाएका थिए । टोलीले सफलतापूर्वक निस्कृय पारेकोले केही क्षति नभएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->