शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

८४ बर्षिया बृद्धको शव भीरमा भेटियो

८४ बर्षिया बृद्धको शव भीरमा भेटियो


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७९, बिहिबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको भण्डार भन्ने ठाउँमा एक बृद्धको शव फेला परेको छ । भण्डार गाउँकी ८४ बर्षिय खिपकला पाध्याको शव कमेरे पाखाको भीरमा अड्कीएको अबस्थामा फेला परेको हो ।

बुधबार साँझ परिवारसँगै खाना खाएर बिस्तरामा गएकी पाध्यालाई बिहिबार बिहान बिस्तरामा नदेखेपछि परिवारले खोजी गरेको थियो । स्थानीयको सकृयतामा खोजीगर्ने क्रममा उनको शव भीरमा अड्कीएको अबस्थामा फेला परेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार गोविन्द थापाले बताए ।

उनी भीरमा कसरी पुगिन् भन्ने बिषयमा खोजी भैरहेको थापाले बताए । कुश्मीशेरा प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोलिले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको टोलिलाई खवर गरेको छ । ‘जिल्लाबाट अनुसन्धानको टोलि आएपछि मात्रै हामिले शव उठाउने छौं’ थापाले भने ‘सडकको कठिनाईका कारण टोलि घटनास्थल पुग्न कठिन भैरहेको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->