बागलुङ – आगामी मंसिर ४ गते हुने प्रदेसभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले क्षेत्र नं.१ प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रमा उमेद्वारका लागि नौ जनाको नाम सिफारीस गरेको छ । दुवै प्रदेश स्तरीय समन्वय कमिटीको शनिवार सम्पन्न वैठकले क मा पाँच र ख मा चार जनाको नाम सिफारीस गरेको हो ।
क्षेत्र नं. १ प्रदेसभा ‘क’बाट पार्टी नेता हिरा बहादुर केसी, हरिनारायण गौतम, गणेश थापा, रामबहादुर जिसी र लक्ष्मी बोहराको नाम सिफारीस भएको छ । केसी एमाले जिल्ला अध्यक्ष, गौतम पत्रकार, थापा एमाले जिल्ला उपसचिव, जिसी सहकारीकर्मी र बोहरा अनेमसंघ बागलुङकी अध्यक्ष हुन् । उनीहरुको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको हो ।
त्यस्तै क्षेत्र नं.१ प्रदेसभा ‘ख’बाट धनबहादुर परियार, नवराज पौडेल, पदम गिरी र रुपा खनालको नाम सिफारीस भएको छ । परियार बागलुङ नगर कमिटिका अध्यक्ष हुन् । पौडेल सल्लाकार परिषद सदस्य, गिरी प्रदेश सम्पर्क मञ्चका सचिव र खनाल बरेङ गाउँपालिकाकी महिला नेतृ हुन् ।
प्रदेश क्षेत्रीय समन्वय कमिटीले सिफारीस गरेका नाम संघीय क्षेत्रीय कमिटीले आवश्यक राय सहित जिल्ला, प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउने छन् । जिल्लामा दुवै प्रतिनिधिसभा क्षेत्रका लागि उमेद्वार चयन गर्न एमालेले आईतबार बैठक बोलाएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ को बैठक बागलुङ बजारमा र २ को बैठक खार बजारमा बस्नेछ ।
सोमबार बस्ने जिल्ला कमिटीको बैठकले समानुपातिक उमेद्वारहरुको नाम सिफारीस गर्ने जिल्ला कमिटीका कार्यालय सचिव अमर थापाले बताए ।





