बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमालेबाट बागलुङ क्षेत्र नं. १ मा ६ जना सिफारिस

एमालेबाट बागलुङ क्षेत्र नं. १ मा ६ जना सिफारिस


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७९, आइतबार

बागलुङ – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. १ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ ।

संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो ।

केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन् ।

रानापनि गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचीमा थिइन् ।

सापकोटा पार्टी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य हुन् । उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित थिए । सञ्जाल जनमोर्चाबाट एमालेमा प्रवेश गरेका नेता हुन भने राम कानुन ब्यवसायी हुन् ।

एमालेले यस अगाडि नै प्रदेश सभाका लागि उमेदवार सिफारिस गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->