बागलुङ/ ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर जिल्लाको बडिगाड गाउँपालिकाले अन्तर विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता गरेको छ । माध्यमिक तह (कक्षा ९–१०) का विद्यार्थीहरुलाई केन्द्रित गरि पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा पालिका भित्रका १३ माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँ शिक्षा अधिकृत पुरन घर्तिले जानकारी दिए ।
बिहिबार गाउँपालिकाको केन्द्र खारमा सम्पन्न प्रतियोगितामा त्रिभुवन नमुना मावि खर्वाङ प्रथम, खार मावि खार द्धितिय र भानु मावि ग्वालिचौर तितृय भएका छन । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना छात्रासहित ३ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई यातायात खर्चसमेत उपलव्ध गराईएको गाउँपालिकाका प्राविधिक सहायक कुलराज घिमिरेले बताए ।
यसैविच बडिगाड गाउँपालिकाको आयोजनामा शिक्षक तथा विद्यार्थीहरुका लागि २ दिने उत्प्रेरणात्मक कार्यशालासमेत बिहिबार सम्पन्न भएको छ । दुई दिने कार्यशालामा बडिगाड गाउँपालिका भित्र अध्यापनरत ६ सय शिक्षक र कक्षा १० मा अध्ययनरत करिव ७ सय विद्यार्थीहरु सहभागि भएको शिक्षा शाखा प्रमुख घर्तिले जानकारी दिए ।
कार्यशालामा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाले शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको र उत्प्रेरणात्मक कार्यशालाले बडिगाडको शिक्षा क्षेत्रलाई अगाडि बढाउन थप भूमिका खेल्ने बताईन् ।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन बन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, सामाजिक विकास समितीका सम्योजक दिपेन्द्र प्रताप केसी, वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आर्चायका लगाएतको समेत सहभागिता रहेको कार्यशालाको डा. तारा गिरि र डा. तुल्सी प्रवासले सहजिकरण गरेका थिए ।





