शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङमा पाँच जनाले लिए उमेदवारी फिर्ता

बागलुङमा पाँच जनाले लिए उमेदवारी फिर्ता


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७९, बुधबार

बागलुङ/ उमेदवारी फिर्ता गर्ने अन्तिम दिन बुधवार बागलुङ क्षेत्र नंं १ बाट १ जना र क्षेत्र नंं २ बाट ४ जनाले गरी ५ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

बागलुङ क्षेत्र नंं १ का प्रतिनिधिसभाका उमेदवार कृष्ण शंकर श्रेष्ठले बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम फिर्ता लिएका हुन् । क्षेत्र नं. १ बाट श्रेष्ठले मात्रै उमेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ । कार्यालयले प्रकाशित गरेको अन्तिम नामाबलीमा प्रतिनिधिसभा तर्फ ६ जना उमेदवार कायम रहेका छन् । कायम रहनेमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उमेदवार लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री छन् ।

प्रदेश तर्फ १ को १ मा ५ जनाको उमेदवारी कायम छ । ती मध्ये कांग्रेसका दिपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर केसी, राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक र स्वतन्त्र उमेदवार दिपेन्द्र हमाल छन् ।

क्षेत्र नंं १ को २ मा ४ जना मात्रै उमेदवार कायम रहेका छन् । यो क्षेत्रमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेल, राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहबीर थापा उमेदवार छन् ।

क्षेत्र नंं २ मा मा स्वतन्त्र उमेदवार गणेशकुमार थापाले फिर्ता लिएका छन् । माओवादीका तर्फबाट शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसे बीच मुख्य प्रतिष्र्धा हुने भएको छ । अर्का स्वतन्त्र उमेदवार तुलसी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र डिलबहादुर कार्की नेकपा जनमुक्ती पार्टीका चित्रप्रसाद गुरुङले कायम छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->