बागलुङ/मानवशाष्त्री प्राध्यापक डा. ओम गुरुङको निधन भएको छ । मृगौला र ट्युमरको समस्याले ग्रसित भएका ७२ बर्षिय गुरुङको सोमबार निधन भएको हो ।
तीन बर्ष अघिनै मृगौला फेरेपछि स्वस्थ्य भएका गुरुङको फेरी ट्युमर देखिएको थियो । तिघ्रामा आएको ट्युमरको अपरेशन पछि किमो गरिरहेका थिए । किमो थेग्न नसक्दा हर्ट अट्र्याक भएको जनप्रेम माबि भुस्कातका प्रअ तथा गुरुङका आफन्त नइन्द्र गुरुङले जानकारी दिए ।
त्रिभूवन विश्व विद्यालयको समाजशाष्त्र, मानवशाष्त्र बिभागमा लामो समय प्रमुख भएर काम गरेका गुरुङ नेपालकै अग्रज मानवशाष्त्रीमा गनिन्छन् । उनले मानव शाष्त्रको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान समेत गरेका छन् । उनको निधनमा धेरै मानिसले सामाजिक संजालमा शोक व्यक्त गरेका छन् । गुरुङका श्रीमती १ छोरा र २ छोरी छन् । बागलुङको ताराखोला १ भुस्कातमा जन्मेका गुरुङ अहिले काठमाण्डौमा बस्थे । उनको दाह संस्कारकालागि आजै परिवारका सदस्य र आफन्त काठमाण्डौ जाँदैछन् । पर्सी मात्र उनको अन्तिम संस्कार गरिने बताइएको छ ।





