शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बोटे परिवारलाई राहत वितरण

बोटे परिवारलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७९, मंगलबार

बागलुङ/ गत साता हत्या भएकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ ।
बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै पुगेर सोमबार परिवारका पीडित सदस्यलाई रहत हस्तान्तरण गरेका हुन् ।

गत असोज २९ गते ४२ बर्षिय बोटेलाई काम गरेर घर फर्कने बेला साँझमा स्थानीय प्रकाश योगीले हत्या गरेका थिए । हत्या गरेको पुष्टी भैसकेको छ । प्रहरीले योगीलाई पक्राउ गरेको छ । बोटेका पति हर्कबहादुर एक छोरा र ३ छोरी छन् । दैनिक ज्याला मजदुरी गरेर घर धानेका बोटे परिवारमा भएको घटनाले पीडितलाई दैनिकी चलाउन समस्या भएको छ । पीडित हर्कबहादुरले मजदुरी गरेरै परिवार पाल्नु परेको बताए ।

नगर प्रमुख श्रेष्ठले ३० हजारको चेक हस्तान्तरण गर्दै परिवारमा परेको पीडाप्रति समवेदना प्रकट गरे । परिवारका सदस्यमा रोजगारी मिलेसम्म दिलाइदिने पनि आश्वासन दिए । घटनापछि आर्थिक अबस्था कमजोर भएकोले अस्पतालबाट बोटेको शव समेत निकाल्न कठिन भएको थियो । श्रेष्ठले सहयोगको आश्वासन दिएपछि शव उठेको थियो । सोही अनुसार सोमबार उनीहरुलाइ राहत दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->