शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चुनावको रौनक छाडेर पञ्चकोट घुमाइ

चुनावको रौनक छाडेर पञ्चकोट घुमाइ


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७९, शनिबार

बागलुङ/ देशभर चुनावको रौनक छ, तर देशको विभिन्न स्थानका युवा तथा महिला समूहहरु बागलुङ कालीका र पञ्चकोट घुम्न निकै आउने गरेका छन् । उनीहरुमा चुनावी रौनक भन्दा घुम्ने संस्कृतिको बिकास भएको देखिएको छ ।

कालीका मन्दिर आएका धेरै पर्यटक सदरमुकाम बागलुङ बजारबाट ८ किमी पक्की सडकको यात्रापछि सजिलै पुग्न सकिने पञ्चकोटमा जान थालेका हुन् । धौलागिरि हिमालको ऋखला र अन्नपूर्ण समेत देखिने भएपछि पुगेका पर्यटक लोभिने गरेका छन् ।

‘कालीका मन्दिरको नाम सुनेर आएका थियौं, हिमाल हेर्न पाइयो’ चितवनकी शान्ताकुमारी बरालले भनिन्, ‘यति सजिलै हिमाल हेर्ने अबसर पाइन्छ भन्ने लागेको थिएन ।’ उनले महिला समूहको भ्रमणमा बागलुङका पर्यटकीय स्थल घुम्न पाएको बताइन् । निर्वाचनले चितवन तातेपनि घुम्ने काम प्राथमिकतामा राखेको बताइन् । उनले हिमालको ऋखला खिचेर घर लैजान पाएको बताइन् ।

अग्लो कसल बनाउने अभियानले पञ्चकोट चर्चामा आएको छ । पूर्वाधार निर्माणाधिन भएपनि धेरै भक्तजन र पर्यटक आउन थालेको बागलुङ नगरपालिका–६ का अध्यक्ष रुद्रबहादुर केसीले बताए । १ हजार ५ सय मीटरको उचाइबाटै हिमाली ऋखला र तीनवटा जिल्लाको भूगोल नियाल्न पाएपछि पर्यटक खुसी हुने गरेका छन् । केही समयअघि देशभरका कलाकारले पञ्चकोटमा लोकदोहोरीको बिशेष कार्यक्रम संचालन गरेका थिए । उनीहरुले फर्कदा पनि पञ्चकोटको प्रशंसा गरेर गएका थिए ।

‘उत्तर फर्केर हेर्दा हिमाल, दक्षिण फर्केर हेर्दा बागलुङ र कुश्मा बजार देखेर खुसी लाग्यो’ कलाकार पशुपति शर्माले भने, ‘हिमाल हेर्न यति सजिलो यात्रा गर्ने गन्तव्य अन्त देखेको छैन ।’ लामो यात्रा गरेर हिमाल हेरेको तुलनामा पञ्चकोट धेरै सहज गन्तव्य भएको उनले बताए ।

उत्तरतर्फ म्याग्दीका अधिकांस खण्ड, पूर्वमा पर्वत, दक्षिणमा बागलुङ बजार खिच्न पाएको उनले बताए । ‘आर्कषक संरचना र दृश्य हेरेर दिन बितेको पत्तो भएन’ पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले भने, ‘जलजला गाउँपालिकाका हरेक घरघर हेर्न मिल्ने रहेछ ।’
हाल बनिसकेका संरचना पनि आर्कषक छन् । यहाँको जटिल भूगोललाई सदुपयोग गरेको देखेर जो कोही दंगै पर्छन् ।

पहरा खोपेर बनाइएका गण्डकी मन्दिर, गरुणशिला, हनुमानको मुर्ति, सभाहल, सिसमहल पर्यटकका आर्कषण हुन् । झण्डै २ अर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत पूर्वाधार बनाउने क्रम भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->