
पोखरा/प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि आज देशभर मतदान हुँदैछ । गण्डकी प्रदेशका ११ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १ सय ९६ र प्रदेशसभातर्फ २ सय ३५ उम्मेदवार छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ र प्रदेशसभामा ३६ सिटका लागि मतदान हुँदैछ । १६ लाख ६२ हजार २ सय ४६ मतदाता रहेको प्रदेशमा ८ लाख ६९ हजार ५ सय ३८ महिला मतादाता रहेका छन् । ७ लाख ९२ हजार ६ सय ९७ पुरुष तथा ११ जना अन्य मतदाता रहेका छन् । ३ प्रतिनिधिसभा तथा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेका छन् ।
कास्कीमा १५० मतदान स्थलमा ३४४ मतदान केन्द्र रहेका छन् । २ प्रतिनिधि तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा १ लाख ९२ हजार २ सय २७ मतदाता रहेका छन् । १०६ मतदान स्थलमा २३१ मतदान केन्द्र छन् ।
प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखामा २ लाख २० हजार ६ सय ३७ मतदाता रहेका छन् । २ सय २२ मतदान स्थलमा ३१७ मतदान केन्द्र रहेका छन् । १ प्रतिनिधि सभा तथा २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मनाङमा ६ हजार ७ सय ७९ मतदाता रहेका छन् । मनाङमा २८ मतदानास्थलमा २८ नै मतदान केन्द्र रहेका छन् । १ प्रतिनिधि तथा २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लम्जुङमा कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेका छन् । १२८ मतदान स्थलमा १८६ मतदान केन्द्र रहेका छन् ।
२ प्रतिनिधि तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको तनहुँमा २ लाख ४८ हजार ४ सय ९५ मतदाता रहेका छन् । १४२ मतदान स्थलमा ३०५ मतदान केन्द्र रहेका छन् । २ प्रतिनिधि तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङजामा २ लाख ४४ हजार ८९ मतदाता रहेका छन् । १९९ मतदान स्थलमा ३२० मतदान केन्द्र छन् । २ प्रतिनिधि तथा ४ प्रदेशसभा निर्वान क्षेत्र रहेको नवलपुरमा २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका छन् । ११३ मतदान स्थलमा ३०२ मतदान केन्द्र छन् । १ प्रतिनिधि तथा २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा दश हजार ९ सय ५७ मतदाता रहेका छन् । ३९ मतदान स्थलमा ३९ मतदान केन्द्र छन् । १ प्रतिनिधि तथा २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार १ सय २० मतदाता रहेका छन् । ८२ मतदान स्थलमा ११९ मतदान केन्द्र रहेका छन् । १ प्रतिनिधि तथा २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् । ७४ मतदान स्थलमा १४८ मतदान केन्द्र छन् ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले निर्वाचनका सबै तयारी पुरा भएको बताए । उनले गण्डकी प्रदेशका हरेक मतदान केन्द्रमा मतपत्र पु¥याउने देखी मतदान केन्द्रको स्थापना गर्नेसम्मको काम सम्पन्न भइसकेको बताए ।
बागलुङमा सबै तयारी भइसक्यो ः प्रमुख जिल्ला अधिकारी
बागलुङको शान्ति सूरक्षालाई निकै चुस्त बनाएको जिल्ला प्रशासन कार्या बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए । उनले जिल्लाभर मतदान केन्द्र निमार्णको काम सम्पन्न भइसकेको समेत बताए । ‘अहिलेसम्म सबै मतदान स्थलमा मतदान केन्द्र निमार्ण कार्यसम्पन्न भइसकेको छ । मतदान केन्द्रमा मतदान अधिकृतहरुले सर्वदलीय बैठक तथा छलफल गरी मतदान प्रतिनिधिहरु नियुक्ति गर्ने सबै काम सम्पन्न भएको छ’ उनले भने, ‘शान्ति सूरक्षाको अवस्था हालसम्म उच्च नै छ । कहि कतै घटना भएको छैन् । हामीले सूरक्षालाई चुस्त बनाएका छौँ । शान्त र स्वच्छ तरिकाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भन्नेमा आशावादी छौँ ।’





