पोखरा / प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१.७२ प्रतिशत मत खसेको कास्कीमा दुई निर्वाचन क्षेत्रको मत गणना बल्ल सुरु हुन लागेको छ ।
कास्की निर्वाचन क्षेत्र नं. ३ को मतगणना सुरु हुन लाग्दा क्षेत्र १ को भने तयारी थालिएको हो । क्षेत्र नं. २ को मत गणना भने सुरु भइसकेको छ ।
२ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेको कास्कीमा १ लाख ७९ हजार ९ सय ६६ मत खसेको हो । जसमा पुरुष मत ८५ हजार ३ सय २८, महिला मत ९४ हजार ६ सय ३६ र तेस्रो लिङ्गि मत २ खसेको छ ।
कास्की क्षेत्र नं. १ मा कुल ६१ प्रतिशत मत खसेको छ । १ लाख १० हजार ७ सय १५ मतदाता रहेको कास्की क्षेत्र नं. १ मा ६८ हजार ६ सय ३२ मत खसेको छ । जसमध्ये पुरुष ३२ हजार २९३ र महिला मत ३६ हजार ३३९ रहेको छ ।
क्षेत्र नं.२ मा ६३.०८ प्रतिशत मत खसेको छ । ७९ हजार १ सय ३८ मतदाता रहेको क्षेत्र २ मा कुल ४९ हजार ९ सय २० मत खसेको हो । जसमध्ये पुरुषको मत २३ हजार २ सय ५२, महिलाको २६ हजार ६ सय ६७ तथा तेस्रो लिङ्गिको १ मत रहेको छ ।
क्षेत्र ३ मा ६०.३८ प्रतिशत मत खसेको छ । १ लाख १ हजार ७ सय १५ मतदाता रहेको क्षेत्र ३ मा ६१ हजार ४ सय १४ मत खसेको हो । जसमा पुरुष मत २९ हजार ७ सय ८३, महिला मत ३१ हजार ६ सय ३० र तेस्रो लिङ्गि १ मत खसेको छ ।





