बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलको अग्रता देखिएको छ । पौडेलले ९९२ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ६१९ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटीले १८४ मत प्राप्त गरेको छ ।
यस्तो छ क्षेत्र नं. २ को चुनावी परिणाम…
बागलुङ–२ प्रतिनिधिसभाको १८९६ मत गणना हुँदा
सूर्य – ६१९
हसियाँ हथौडा – ९९२
घण्टी – १८४
प्रदेशसभा (क) मा २४७६ मत गणना हुँदा
रुख – ११०९
लालटीन – १३२१
प्रदेशसभा (ख) मा २८२५ मत गणना हुँदा
सूर्य – १११६
रुख – १०८४





