शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङ– २ प्रदेशसभा ‘ख’ मा कांग्रेसका कुँवर विजयी

बागलुङ– २ प्रदेशसभा ‘ख’ मा कांग्रेसका कुँवर विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गरे।

नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गरे ।

निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->