पोखरा / प्रदेशसभा तर्फ कास्की १ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याए । निर्वाचित ५२ वर्षीय गुरुङ यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आबद्ध थिए ।
योसँगै नेकपा एमालेले गण्डकी प्रदेशसभामा ६ सिट जितेको छ । यसअघि एमालेले कास्की २ (१), कास्की ३(१), तनहुँ २(१), नवलपुर २(१), नवलपुर २(२) मा चुनाव जितिसकेको छ ।





