शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

पोखरा / कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्  ।

उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाएर तेस्रो स्थानमा खुम्चिए ।

भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको निधनपछि २०७६ भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी निर्वाचित भएकी थिइन् ।

२०४६ देखि विद्यार्थी राजनीति सुरु गरेकी उनी अनेरास्ववियु महिला विभाग प्रमुख भएकी थिइन् ।

अनेरास्ववियुको केन्द्रीय सचिव, पार्टीको काठमाडौं जिल्ला सदस्य, एमाले उपत्यका महिला कमिटी सचिवसमेत भइसकेकी छन् । राजनीतिमा आउनु अघि उनी प्राध्यापन पेसामा थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->