पोखरा / कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् ।
वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा थिए । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।





