शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रत्यक्षतर्फ १५६ सिटको टुङ्गो लाग्यो, ९ स्थानमा बाँकी

प्रत्यक्षतर्फ १५६ सिटको टुङ्गो लाग्यो, ९ स्थानमा बाँकी


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७९, आइतबार

काठमाडौं/प्रतिनिधिसभातर्फ १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७, जनता समाजवादी पार्टी (जसपा) ले ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक/एक सिट जित्दा ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना चलिरहेका ६ मध्ये ३ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा नेकपा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका छन् । कांग्रेस उम्मेदवारहरु धनुषा ३ मा महेन्द्र यादव, उदयपुर १ मा डा.नारायण खड्का र सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा विवाद हुँदा मतगणना रोकिएको छ । मतगणना जारी रहेका इलाम १ मा एमालेका महेश बस्नेत र सुनसरी ३ मा एमालेकै भगवती चौधरी अगाडि छन् । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन् । बाजुरा, दोलखा र स्याङ्जा २ मा गरी तीन निर्वाचन क्षेत्रको मतगणना नै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->