शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

ज्योतिपुञ्जमा शिक्षक शिक्षिकालाई बिदाइ

ज्योतिपुञ्जमा शिक्षक शिक्षिकालाई बिदाइ


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७९, मंगलबार

बागलुङ/ एउटै विद्यालयमा २५ बर्ष लामो सेवा गरेर अवकास प्राप्त प्रधानाध्यापकलाई बागलुङको एक विद्यालयले बिदाइ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको ज्योतीपुञ्ज प्राथमिक विद्यायका पूर्वप्रधानाध्यापक यामनारायण आचार्यलाई विद्यालयले बिदाइ गरेको हो ।

उमेर हदका कारण अवकास पाएका आचार्यले विद्यालयको विकासमा ठुलो योगदान गरेका थिए । बिदाइ समारोहमा बोल्दै आचार्यले चेतनाको बीउ रोप्ने काममा ज्योतीपुञ्जको महत्वपूर्ण भुमिका रहेको भन्दै विद्यालयको भौतिक र शैक्षिक विकासका अभिभावकको महत्वपूर्ण भुमिका हुने बताए ।

विद्यालयबाट अन्यत्र सरुवा भएका दुई जना शिक्षिकालाई पनि बिदाइ गरिएको थियो । शिक्षिका पुष्पा पन्त र गीता केसीलाई सोही समारोहमा बिदाइ गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण तथा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->