बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जित शेरचन : पहिला आँफू हारे, अहिले पार्टीलाई जिताए

जित शेरचन : पहिला आँफू हारे, अहिले पार्टीलाई जिताए


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७९, बुधबार

बागलुङ/पाँच वर्षअघि उनले पहिलोपटक प्रदेशसभा सदस्यका लागि टिकट पाएका थिए । २०७४ को निर्वाचनमा बागलुङमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धन थियो । कांग्रेस एक्लै चुनाव लडेको थियो ।

कांग्रेस सभापति जितबहादुर शेरचन बाम गठबन्धनबाट बागलुङ क्षेत्र नं. २ को २ मा पराजित भए । राजमोका टेकबहादुर घर्तीसँग उनी हारेका थिए । घर्तीको निधनपछि यहाँ उपनिर्वाचन भयो । बाम गठबन्धनकै तर्फबाट राजमोका खिमबिक्रम शाही र कांग्रेसका शेरचन नै आमनेसामने हुँदा फेरी शेरचन हारे । दोश्रो निर्वाचनमा झिनो परिणामले हारजित भएपनि शेरचनले राजनीतिमा हार मानेनन् ।

त्यसपछि शेरचन पार्टीमा सक्रिय भए । तेह्रौ महाधिवेसनमा प्रतिनिधि मात्रै जितेका उनले चौधौं महाधिवेसनमा सभापति हात पारे । अघिल्लो दिनसम्म सभापति लड्ने नलड्ने निधो नहुँदै उनले एकाएक स्थापित नेतालाई पराजित गरेर सभापति चुनिए । जितको श्रृंखला उनको पार्टीभित्र मात्रै रहेन । मंसिर ४ को निर्वाचनमा उनले प्रदेश फेरेर उमेदवार बने । उमेदवर मात्र हैन, प्रदेश फेरिंदा उनले जित हात पारे ।

क्षेत्र नं. २ को १ मा कांग्रेस प्रत्यासी हुँदा उनलाई टक्कर दिन एमालेको समर्थनमा स्वतन्त्र उमेदवार प्रकाश घर्ती थिए । घर्तीलाई ३ हजार १ सय मतान्तरले जितेर शेरचन गण्डकी प्रदेशसभामा चुनिएका छन् । तेस्रो प्रयासमा जित हात पारेका शेरचन एक बर्ष यता सफल नेतामा गनिन थालेका छन् ।

‘दुइ पटकसम्मको हारबाट मैले हार मानिन, बरु राजनीतिक अभियानलाई जारी राख्दा यो सफलता मिल्यो’ उनले भने, ‘पार्टीमा सबै साथीलाई जिताएर आँफू जित्ने अबसर पाएँ ।’ उनले कांग्रेस र गठबन्धनका सबै उमेदवार जिताउने जिम्मा कांग्रेस काँधमा आएको र त्यो पुरा गर्न सफल भएको उनले बताए ।

माओवादीबाट बिद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका प्रकाश घर्तीलाई एमाले समेतको समर्थन प्राप्त हुँदा प्रतिष्पर्धा गर्न उनको लागि धेरै चुनौतीको थियो । प्रतिनिधिसभाका लागि माओवादीका देबेन्द्र पौडेल यही क्षेत्रमा उमेदवार थिए । कांग्रेसको पकडबाटै गलकोटकी मञ्जु शर्मा चालिसे एमालेकी उमेदवार हुँदा कांग्रेसको मत माओवादीमा ट्रान्सफर हुनुको साटो चालिसेतर्फ जाने खतरा थियो । यसअघि गलकोट नगरको प्रमुख पदमा बागी उठ्दा चालिसेले गलकोटमा उल्लेख्य मत पाएकोले यो पटक पनि त्यो खतरा आंकलन हुँदा शेरचन तनाबमा थिए ।

ताराखोला गाउँपालिकाका पूर्व अध्यक्ष भैसकेकोले घर्तीले ताराखोलाको मत धेरै पाए । शेरचनले कांग्रेसको मत भएको गलकोट क्षेत्रबाट उमेदवारी पाएको भएपनि फरक क्षेत्र भएकोले बिपक्षीले पाहुनाको संज्ञा दिएका थिए । उक्त संज्ञा चिर्ने मात्र हैन अन्य क्षेत्रको चुनावलाई व्यवस्थापन गर्ने जिम्मा पनि उनैमा थियो । ‘मैले जितेर बागलुङका जुनकुनै गठबन्धन उमेदवार हार्दा दोष मलाई आउथ्यो’ उनले भने, ‘त्यो जोखिम मैले हार्नु जित्नु भन्दा बढी समस्याको थियो ।’ उनले पाहुना उमेदवार भन्ने नारा चिर्न अघिल्लो निर्वाचनमा आफ्नै क्षेत्रका निरज पुनलाई किन हराएको भन्दै कांग्रेस कार्यकर्तालाई हापार्थे ।

क्षेत्र नं. १ मा राजमोका अध्यक्ष चित्रबहादुर केसीसहित कांग्रेसका दिपेन्द्र थापा र डिल्लीराम सुवेदीको चुनावमा परिणाम फरक परेको भए शेरचनप्रति बढी आलोचना आउने संभावना थियो । ‘मत ट्रान्सफरमा केही समस्या त अझै देखियो, तर परिणाम आएकोले सामान्य समीक्षा गरे मात्रै हुने अवस्था छ’ उनले भने, ‘हारेको भए सभापतिमाथी कति आरोप आउँथे त्यो मलाई नै थाहा छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->