शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चर्खेपिङबाट खस्दा तीन घाइते एकको अवस्था गम्भीर

चर्खेपिङबाट खस्दा तीन घाइते एकको अवस्था गम्भीर

मोरङ जानुअघि मेला घुम्न पुगेकी अस्मिता अस्पतालमा ।


  • विजय नेपाली
  • मंसिर २० २०७९, मंगलबार

पोखरा/ नयाँबजार बस्दै आएकी अस्मिता लिम्बु सोमबार मोरङ जाने तरखरमा थिइन् । घर जाने बसको टिकट पनि काटिएको थियो । घर जानुभन्दा अघिल्लो रात उनी आफ्नो दिदीसँग पोखरा ९ नयाँबजारमै चलिरहेको राष्ट्रिय औधोगिक व्यापार मेलामा घुम्न गइन् । घर जाने भएपनि उनकी दिदी रविना मगरसहित अर्की एक छिमेकीसँगै मेला घुम्न गइन् । बेलुका करिब ६ बजेको समयमा उनीहरु घरबाट निस्किएर गए ।

मेला हेर्न पोखरा प्रदर्शनी छिरेपछि उनीहरु घुम्दै चर्खेपिङ (रोटेपिङ) नजिक पुगे । पिङ खेल्ने इच्छा भए पनि सुरुमा बन्द भएकाले उनीहरु फर्किनै लागेका थिए । तर, पिङ खेल्न आउनेको संख्या बढेपछि पिङ सुचारु भयो। उनीहरुलाई पिङमा टिकट काट्न बसेकाले बोलाए । त्यसपछि उनीहरु खेल्न पुगे । पिङले पहिलो घुमाइ गरेर दोस्रो घुमाइ गर्नेबेलमा उनीहरु खसे । खसेर ३ जना घाइते भए । जसमध्ये अस्मिताको अवस्था भने गम्भीर रहेको छ । ‘कान्छि (अस्मिता) भोली घर जाने त्यहिभएर आज (आइतबार राति) मेला हेर्न जाने भनेर आयौं’, अस्मिताकी दिदी रुविना मगरले भनिन् । रुविना छोरी च्याप्दै शनिबार समेत मेला अवलोकन गर्न पुगेकी थिइन् ।

आइतबार भने बहिनीलाई घुमाउनका लागि उनीसहित कोपिला बानियाँ पनि महोत्सव हेर्न पुगेकी थिइन् । रुविना र कोपिला भने सामान्य नै छन् । रुविनाले पिङको डब्बा छड्के भएर अर्को डब्बालाई छोइसकेको सुनाइन् । सिधा रहको डब्बाको नट फुस्किएपछि छड्के भएको उनी सुनाउछिन् । ‘हामी बसेको डब्बाले अर्को डब्बा छुइसकेको थियो, कोल्टे परेर । त्यसपछि माथि पुग्यो अनि हामी झरेको हो । खसेपछि मलाई केही थाहा भएन् । हामी चार जना थियौं ।

एकैचोटी बाहिर गेटमा ल्याएपछि मात्रै थाहा भयो’, उनले भनिन्, ‘हामी घरबाट ढिला गएका थियौं । हिजो पनि नानीलाई (छोरी) लिएर एक्लै गएकी हुँ घुमेर आएँ । कान्छी (अस्मिता) भोलि (सोमबार) घर जाने भनेर आज घुमून त भनेर भन्यो अनि हामी मेला हेर्न आयौं ।’ सुरुमा बन्द भनेर आफुहरु फर्किन खोज्दा पिङ चल्छ भन्दै बोलाएपछि फर्किएको उनले बताइन् । ‘सुरुमा बन्द भएको भनेर सोध्दा मान्छे छैन् भन्यो फर्किन लाग्दा आउनु आउनु भनेर बोलाएर टिकट काट्न लगायो अनि हामीले टिकट काटेम’ उनले सुनाइन्, ‘एक राउन्ड मात्रै घुमेको थियो । रोक्दै मान्छे चढाउँदै गरेको थियो । अर्को राउन्डमा त लडिहाल्यो । केही थाहा भएन् । दशा लाग्यो ।’ पिङबाट लडेकी कोफिला बानियाँले पिङ बन्द हुन लागेपनि धेरै खेल्ने आएपछि सुचारु भएको सुनाइन् ।

उनले पिङको नट फुस्किएकाले दुर्घटना भएको सुनाइन् । ‘हामी ६ बजेटिर मेला गएका थियौं । त्यहाँ पिङ खेल्दा पिङको नट फुस्किएर अनि लडेको’, उनले भनिन्, ‘मेला बन्द भएको थिएन् । पिङ पनि बन्द हुन लागेको जस्तो थियो । हामी फर्किन लागेका थियौं पछि धेरै मान्छेहरु आएपछि आउनु टिकट काट्छौं भनेर बोलाएपछि हामी गयौं ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले अस्मिता लिम्बु, रविना मगर र कोपिला बानियाँ पिङबाट खसेको जानकारी दिए । तीन जनामध्ये अस्मिताको अवस्था गम्भीर रहेको उनले बताए । ‘मोरङ घरभई हाल नयाबजार बस्दै आउनुभएको अस्मिता लिम्बुको अवस्था गम्भीर छ । अन्य दुई जना सामान्य नै छन्’, खड्काले भने । स्थानीय दिलमाया गुरुङले ठेकेदारको गल्तिका कारण दुर्घटना निम्तिएको बताइन् । उनले मेलमा राखिएको पिङ राम्रोसँग फिट नहुदा दुर्घटना भएको जिकिर गरिन् । मेलालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै सुरक्षाका विषयलाई गम्भिरतापुर्वक लिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->